जोखन रत्गैँया चौधरी स्मृति प्रतिष्ठान कैलाली प्रशासनमा दर्ता

शहित जोखन रत्गैँया चौधरी (हिम्मत) स्मृति प्रतिष्ठान दर्ता भएको छ। उक्त प्रतिष्ठान जिल्ला प्रशासन कार्यालय कैलालीमा दर्ता भएको हो। तत्कालीन माओवादी जनयुद्धकालमा शहादत प्राप्त गरेका जोखन रत्गैँया एक क्रान्तिकारी योद्धा थिए। थारु समुदायमा विद्यमान सबै किसिमका कूप्रथाहरुलाई हटाउने प्रण गरेका उनको वि‍.सं २०५९ जेठ २९ गते तत्कालीन शाही सेनाले गोली हानी हत्या गरेको थियो।

दर्ता नम्बर २४०१ रहेको उक्त प्रतिष्ठान थारु राष्ट्रिय मुक्ति मोर्चाको अगुवाई र राष्ट्रिय सभा सदस्य हरिराम चौधरी ‘उत्सव’को पहलमा दर्ता भएको हो। प्रतिष्ठानले स्वास्थ्य क्षेत्रमा काम गर्ने बताइएको छ।

यो पनि पढ्नुस्

जोखन रत्गैँया : व्यक्ति एक, व्यक्तित्व अनेक

Leave a Reply

Your email address will not be published.