सांसद चौधरीले मागिन् तेस्रो लिंगीका लागि बजेट [भिडियो]

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद लक्ष्मी कुमारी चौधरीले हिंसामा परेका महिलाहरुलाई पुनःस्थापना केन्द्र खोल्न माग गरेकी छन्। उनले यससम्बन्धी आफूले हालेको योजना नपरेको भन्दै अगामी वर्षसम्म यस्ताखाले योजनामा बजेट विनियोन गर्नुपर्ने बताइन्।

उनले आफू कैलालीबाट प्रतिनिधित्व गरेपनि पूरा सुदूरपश्चिममा महिला हिंसाले विकराल रुप लिएको बताए। उनले राधा चौधरीमाथि भएको बर्बर दमनको उदाहरण दिँदै त्यस्ताखाले कूरीतिहरुको अन्त्य हुनुपर्ने माग राखिन्।

उनले महिलाहरु आफ्नै घरमा आफ्नै परिवारबाट पनि विभिन्न खाले हिंसामा पर्नेगरेको भन्दै आजको दिनमा महिलाहरुका लागि पुनःस्थापना केन्द्र अपरिहार्य रहेको बताइन्। उनले महिला अधिकार किताबमा मात्र सीमित भएको आरोपसमेत लगाइन्। संविधानले महिला अधिकारलाई सुनिश्चित गरेपनि व्यवहारमा त्यो लागू हुन नसकेको उनले बताइन्। उनले हरेकखाले विभेद्हरुलाई सधैंका लागि हटाउन सरकार प्रतिबद्ध हुनुपर्ने बताइन्।

उनले सरकारले तेस्रो लिंगीको लागि पर्याप्त बजेट विनियोजन नगरेको बताइन्। तेस्रो लिंगीका पनि धेरैखाले समस्याहरु भएको बताउँदै सांसद चौधरीले उनीहरुको लागि पर्याप्त बजेट विनियोजन गर्नुपर्ने बताइन्।

भिडियो हेर्नुस्

Leave a Reply

Your email address will not be published.