हातहातमा मोबाइल छ तर माेबाइलमा नेटवर्क छैन : गंगा थारु

नेकपाकी सांसद गंगा सत्गौंवा थारुले थारुहरु कृषिमा निर्भर हुनेगरेको बताएकी छन्। तर कृषि पेसा अंगालेपनि यो क्षेत्रमा हुनेगरेको समस्यालाई सरकारले बेवास्ता गरेको आरोप लगाएकी छन्। उनले भूखण्डीकरणको समस्या, माटो परीक्षणबिना विभिन्न खेतीमा लगानी गरिरहेको अवस्था छ। जुन हचुवाको भरमा भइरहेको उनले आरोप लगाइन्। हचुवाको भरमा गरिने त्यस्ता योजनाहरु फेलियर हुने उनले दाबी गरेकी छन्।
उनले किसानलाई दिइने अनुदानमा पनि ठूलाहरुको मात्र पहुँच हुने गरेको बताइन्। त्यही भएर साना किसानहरुलाई पनि प्राथमिकता दिन आग्रह गरिन्। उनले सूचना प्रविधिको विकास तीव्र भएपनि सबै क्षेत्रमा माेबाइलाको राम्रो नेटवर्क विस्तार हुन नसकेको आरोप लगाइन्। उनले दाङको आफ्नै गाउँमा पनि नेटवर्क समस्या भएको उनले बताइन्। नेटवर्को लागि पाँच मिनेट पर हाइवे जानुपर्ने समस्या हुने गरेको उनले बताइन्।

भिडियो हेर्नु्स्

Leave a Reply

Your email address will not be published.