गच्छदारसँग असन्तुष्ट पक्षले अर्को पार्टी खोल्दै, राजधानीमा प्रथम भेला

विजय गच्छदारसँग असन्तुष्ट रहेका एक पक्षले छुट्टै पार्टी दर्ता गर्ने भएको छ । नेपाल लोकतान्त्रिक पार्टी नाम दिइएको तदर्थ समितिका संयोजक हुन् भानुराम थारु । उनी यसअघि थरुहट तराई पार्टी नेपालका अध्यक्षसमेत थिए ।

स्थानीय चुनावको संघारमा थरुहटका वरिष्ठ नेता गोपाल दहितले गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमसँग पार्टी एकीकरा गरेका थिए । त्योसँगै शिवलाल थापा र यशोदा लामा नेतृत्वको पार्टी पनि गच्छदारले आफ्नो पार्टीमा एकीकरण गराएका थिए ।

तर प्रदेश र प्रतिनिधिसभा चुनावअघि गच्छदार नेतृत्वको पार्टी नेपाली कांग्रेससँग एकीकरण भएको थियो । गच्छदारले नेता कार्यकर्ताको प्रवाह नै नगरी एक्लौटी ढंगले पार्टी एकीकरण गरेको र समायोजनमा कुनै भूमिका नखेको भन्दै एक पक्ष असन्तुष्ट बन्दै आएको थियो सोही समूहले शनिबार काठमाडौंमा प्रथम भेला गर्दै नेपाल लोकतान्त्रिक पार्टी दर्ता गर्ने घोषणा गरेको छ ।

dav

प्रथम भेलामा सहभागी अधिकांश जिल्ला प्रतिनिधिहरुले गच्छदारलाई बेइमान भएको अरोप लगाएका थिए । उनीहरुले आदिवासी जनजाति, थारु, मधेसी, मुस्लिमको मुद्दा बोकेर वैकल्पिक शक्ति निर्माण गर्ने झुटो आश्वासन दिएको आरोप लगाएका थिए ।

पार्टी नेतृत्वको शीर्ष तहमा संयोजक भानुराम थारु, तत्काली नेपाल जनमुक्ति पार्टीका शिवलाल थापा, गच्छदार पार्टीकै गीता राणा क्षेत्रीहरु रहेका छन् । समावेशी समानुपातिक ढंगले पार्टी दर्ता गरी वैकल्पिक शक्ति बन्ने उद्घोष भेलाले गरेको छ ।

भेलाले आइतबार नयाँ नेतृत्व चयन गरी निर्वाचन आयोगमा दर्ता प्रक्रिया सुरु गर्ने जनाएको छ । स्रोतका अनुसार पहिलो अध्यक्षका रुपमा संयोजक भानुराम थारुलाई नै अगाडि बढाउने निर्णय गरेको छ । नेतृत्व तहमा भने सबै जाति समुदायको प्रतिनिधित्व हुनेगरी पदाधिकरी चयन गरिने स्रोतको भनाइ छ ।

Leave a Reply

Your email address will not be published.