फोरमका दुर्इ मन्त्रीले लिए शपथ, उपेन्द्र यादव उपप्रधानमन्त्री

संघीय समाजवादी फोरम नेपालका दुई मन्त्रीले राष्ट्रपति निवासमा पद तथा गोपनियताको शपथ लिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले फोरम अध्यक्ष उपेन्द्र यादव र इश्तियाक राईलार्इ पद तथा गोपनियताको शपथग्रहण गराएको राष्ट्रपति कार्यालयका प्रवक्ता केशवप्रसाद घिमिरेले जनाएका हुन्।

यादवले उपप्रधान तथा स्वास्थ्य मन्त्रालय र मोहम्मद इश्तियाक राईले शहरी विकास मनत्रालयको जिम्मेवारी पाएका छन। यादव नेकपा सरकारको दोस्रो बरियतामा रहनेछन्।

उपेन्द्र यादव पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको पहिलो गणतान्त्रिक सरकारमा परराष्ट्र मन्त्री भएका थिए। त्यस्तै २०६७ सालमा झलनाथ खनाल नेतृत्वको सरकारमा पनि यादव उपप्रधान तथा परराष्ट्रमन्त्री भएका थिए।

शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका मोहम्मद इश्तियाक रार्इले ३१ वर्षकै उमेरमा श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्री बनेर चर्चा कमाएका थिए। यादवले सप्तरी २ बाट निर्वाचन जितेका थिए भने राई बाँके २ बाट विजयी भएका थिए।

Leave a Reply

Your email address will not be published.