सहीद, घाइते र बेपत्ताहरुका लागि कार्यक्रम ल्याउन सांसद मोदीको माग

माओवादी सांसद अमनला मोदीले पहाडी लोकमार्गका नाम रामराजाप्रसाद सिंहको नामबाट राख्न सुझाव दिएका छन् । त्यसैगरी हुलाकी राजमार्गको नाम डा. केआई सिंहको नाममा राख्न पनि उनले सुझाव दिएका छन् । यसले तराई र पहाडबीच रहेको जातीय अन्तरिविरोध हटाउन सहयोग गर्ने सांसद मोदीको भनाई छ ।

सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथि आज संसदमा बोल्दै सांसद मोदीले नीति तथा कार्यक्रममा विपक्षीको विरोध आउनु उसको धर्म भएको बताए । विपक्षीले नीति तथा कार्यक्रमका राम्रा कुरा नउठाएर इतिहासको आफ्नो कमजोरी ढाक्ने प्रयास गरेको उनले बताए ।

सांसद मोदीले नीति तथा कार्यक्रममा विभिन्न आन्दोलनका सहीद, घाइते र बेपत्ताहरुका लागि कार्यक्रम ल्याइनुपर्ने बताए । विदशे गएका यूवा, मजदुर र किसानको हितका विषयमा नीति कार्यक्रमले प्रर्याप्त नसमेटको बताए ।

 

Leave a Reply

Your email address will not be published.