मोडेल सुनिता दहित मलेसिया जाने

आरएन चौधरी/मलेसिया
मलेसियामा हुने सांगीतिक कार्यक्रममा थारु मोडेल सुनिता दहित सहभागी हुने भएकी छन् । मलेसियाका मलायुबासीको पर्व हरिरायाको अवसरमा हुने कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघको आयोजनामा हुँदैछ ।

कार्यक्रममा दहितसँगै लोकगायिका ज्योती मगर, सरस्वती लामा, रुपा घले, जेनी शर्मा, राजन राई र डिजे छेवाङ शर्पा आउने आयोजकले जनाएको छ ।
कार्यक्रम जुन १५ मा इपो, १६ मा जोहोरबारु र १७ मा क्वालालम्पुरमा आयोजना हुनेछ ।

Leave a Reply

Your email address will not be published.