थारु कल्याणकारिणी सभाका पूर्वअध्यक्ष अष्टभूजा चौधरीको निधन

थारु कल्याणकारिणीसभाका पूर्व अध्यक्ष समाजसेवी अष्टभूजाप्रसाद चौधरीको बुधबार ८२ वर्षको उमेरमा निधन भएको छ। उनको  भैरहवास्थित निवासमा साँझ ५ बजे निधन भएको हो। चौधरीको वि.सं. १९९२ मा जन्म भएको थियो ।

पूर्वअध्यक्ष चौधरी सुगर र उच्च रक्तचापका बिरामी थिए। उनको अन्तिम श्रदाञ्जली त्रिवेणी घाटमा गरिने आफन्तले जनाएका छन्। चौधरी २०६३ देखि २०६६ सम्म सभाको केन्द्रीय अध्यक्षको जिम्मेवारी सम्हालेका थिए। उनीअध्यक्ष हुँदा राजकुमार लेखी सभाको महामन्त्री थिए।

पूर्व महामन्त्री लेखीकाअनुसार चौधरीका तीन छोरा छन् । चौधरी सभाको अध्यक्ष रहँदा थारु अधिकारका विषयमा महत्वपूर्ण योगदान दिएका लेखीले स्मरण गरेका छन्।

Leave a Reply

Your email address will not be published.