‘ब्ल्याक मनी’का कारण आफू पराजित भएको सुरेन्द्र चौधरीको खुलासा

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री सुरेन्द्र प्रसाद चौधरीले लोकतन्त्रलाई अबको खतरा भनेको ‘ब्ल्याक मनी’ (अबैध पुँजी)बाट भएको टिप्पणी गरेका छन् । काँग्रेसका पूर्व केन्द्रीय सदस्य, पूर्व पर्सा जिल्ला सभापति समेत रहेका उनी जिल्लाबाट ३ पटक सांसद बनिसकेका छन्।

यसपालीको निर्वाचनमा निर्माण व्यवसायी हरिनारायण रौनियारबाट पराजित भएपछि कुनै पनि प्रतिक्रिया नदिएका चौधरीले शुक्रबार वीरगञ्जमा पत्रकार सम्मेलन नै गरेर बितेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनबारे आफ्नो धारणा राखेका हुन्।

नेता चौधरीको प्रमुख आतिथ्यमा रहेका चौधरीले पर्सा क्षेत्र नम्बर ३ को क्षेत्रीय समितिले राखेको पत्रकार सम्मेलनमा निर्वाचनमा बोल्दै अवैध रकमको प्रवाहको पछिल्लो दृश्यान्तले अब गरिबको छोराछोरी राजनीतिक निष्ठा र लगानीको भरमा मात्र चुनाव लड्ने र जित्ने अवस्था नरहेको टिप्पणी गरे।

‘गरिबका छोरा वा छोरीले अब चुनाव लड्न सक्दैन, जित्न त सक्दै सक्दैन जुन प्रकारले आचार संहिता, निष्पक्ष निर्वाचनको मान्यता र लोकतन्त्रको मर्मलाई धज्जी उडाउँदै पैसाको दुष्प्रयोग भएको देख्रिएको छ यसले के प्रष्ट भएको छ भने लोकतन्त्रलाई अबको खतरा ब्ल्याक मनीबाट हो, अवैध रुपमा आर्जन गरिएको पैसाबाट हो,’ चौधरीले भने, ‘मैले निर्वाचन हारेँ यस कारणले भनिरहेको छैन्, चौतर्फी रुपमा जस्तो प्रवृति देखियो यसपाली त्यसको कुरा गरेको हुँ । लोकतन्त्र कसका लागि, ठेकेदार, तस्कर र राजश्वमाराहरूको लागि ?’

जस्तो लोकतन्त्रका लागि नेपालमा यतिका दिनसम्म आन्दोलन र क्रान्तिहरू भए त्यस विपरित अभ्यासहरू देखिएको उनले बताए । चौधरी विश्वभरका समाजवादी नेताहरूको संजाल सोसलिस्ट इन्टनेशनलका सदस्य समेत हुन।

रितेश त्रिपाठी/वीरगन्ज

Leave a Reply

Your email address will not be published.