गरिब तथा जेहेन्दार थारु विद्यार्थीको लागि छात्रवृत्ति खुलेको छ। थारु एन्ड फ्रेन्ड्स एसोसियसन अमेरिकाले प्लस टु र स्नातकका लागि छात्रवृत्ति आह्वान गरेको छ। इच्छुक विद्यार्थीले माघ १ सम्म फारम बुझाइसक्नुपर्नेछ। यस वर्षदेखि अनलाइन फारम भर्न सकिने सो संस्थाका सचिव सत्यनारायण चौधरीले जानकारी दिए। यहाँबाट अनलाइन फर्म भर्न सकिन्छ। उनका अनुसार थारु समुदायको हरेक क्षेत्रमा सहयोग पुर्याउँदै आएको थारु एन्ड फ्रेन्ड्स एसोसियसनले २०१७-०१८ का लागि छात्रवृत्ति प्रदान गर्ने निर्णय छ।
यो संस्था विगत ९ वर्षदेखि जेहेन्दार थारु विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्दै आएको छ। यो संस्थाले गत वर्ष पनि १२ जना मेधावी विद्यार्थीलाई जनही २५ हजारका दरले छात्रवृत्ति प्रदान गरेको थियो। मुक्त कमैया कमलरीका छोराछोरी, महिला, अशक्त र आर्थिकरुपले कमजोर भएका विद्यार्थीलाई विषेश प्राथमिकतामा दिने संस्थाले जनाएको छ। विस्तृत जानकारीको लागि tharusandfriends@gmail.com मा इमेल गर्न सकिने सो संस्थाले जनाएको छ।
