रेशम चौधरीमाथि जंगली व्यवहार गर्ने निर्वाचन आयोगलाई जनताले कारबाही गर्ने लेखीको चेतावनी

राष्ट्रिय जनता पार्टी नेपालका महासिचव राजकुमार लेखीले रेशम चौधरीलाई प्रमाण पत्र नदिनु निर्वाचन आयोगको बदमासी भएको बताएका छन्। उनले विज्ञप्ती जारी गर्दै निर्वाचन आयोगलाई जनताले तत्काल कारबाही गर्नुपर्ने बताएका छन्।

‘निर्वाचन आयोगले निर्वाचनमा सहभागी गराइसकेपछि, उम्मेदवारको हैसियत दिइसकेपछि जित्यो भन्दै प्रमाणपत्र नदिनु जंगली राज्यको नमूना हो। अराजकताको पराकाष्ठा हो। जनताले तत्काल निर्वाचन आयोगलाई कारबाही गर्नुपर्छ,’ उनले विज्ञप्तीमा भनेका छन्।

उनले विभेदमा परेका, न्याय र समानताका पक्षधरहरुले आजैदेखि निर्वाचन कार्यालयविरुद्ध गाउँगाउँबाट दबाब र आन्दोलनका कार्यक्रम अगाडि बढाउनुपर्ने बताए। उनले आदिवासी जनजाति महासंघ, थारु कल्याणकारिणी सभा र राष्ट्रिय जनता पार्टीलाई पनि निर्वाचन कार्यालयविरुद्ध आन्दोलनको उद्घोउष गर्नुपर्ने बताएका छन्।

लेखीले निर्वाचन आयोगले सिंगो थारु समुदायलाई अपमान गर्न खोजेको स्पष्ट पारेका छन्। ‘निर्वाचन आयोगले सिंगो थारु समुदायलाई विभेदपूर्ण व्यवहार गरेको छ। जुन अत्यन्तै निन्दनीय छ। शासक व्यवहार देखाउने निर्वाचन आयोगलाई घुँडा टेकाउन सबै थारुहरु एक हुनु जरुरी छ,’ उनले भनेका छन्।

Leave a Reply

Your email address will not be published.