मोटरसाइकल दुर्घटना हुँदा चितवनकी इनु चौधरीको मृत्यु

चितवनको रत्ननगरमा मोटरसाइकल दुर्घना हुँदा एक जनाको मृत्यु भएको छ। रत्ननगर नगरपालिका–६ को सेन्टरपार्क नजिकै मैगलबार साँझ ना ४० प ६७२९ नम्बरको मोटरसाइकलले बाटोमा हिँडिरहेका पैदल यात्रीलाई ठक्कर दिई अनियत्रित भएर दुर्घटना भएको हो।

दुर्घटनामा परी मोटरसाइकलमा सवार १८ वर्षकी इनु चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकल चालक र पैदल यात्री दुवै जना घाइते भएका छन् । घाइते सुसन गुरुङ र किशोर महतोको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरुको उपचार भइरहेको छ।

Leave a Reply

Your email address will not be published.