थारु उम्मेदवार उठेको तीन ठाउँको रोचक प्रतिस्पर्धा

अहिले तीन ठाउँको प्रतिस्पर्धा निकै रोचक देखिएको छ। थारु उम्मेदवार उठेको उदयपुर १, बारा १ र बारा ४ मा रोचक प्रतिस्पर्धा देखिएको छ। जहाँ थारु उम्मेदवार गैरथारुसँग भिडिरेका छन्।

उदयपुर १ मा एमालेका मञ्जु चौधरीले १७९७४ मतसहित अग्रस्थानमा छन्। उनीभन्दा झिनो मतले कांग्रेसका नारायण खड्का पछाडि छन्। उनले १७९२७ मत ल्याएका छन्।

त्यस्तै बारा क्षेत्र नम्बर १ मा कांग्रेसका उमाकान्त चौधरी र एमालेका अच्युत मैनालीबीच कडा टक्कर देखिएको छ। पछिल्लो मतपरिणाम अनुसार चौधरीले १९०४८ मतसहित अगाडि छन्। मैनाली भने झिनो मतले पछाडि छन्। उनले १९०२१ मत पाएका छन्।

त्यस्तै बारा क्षेत्र नम्बर १ मा एमालेका देवनारायण चौधरी र राजपाका एकवाल मियाबीच कडा टक्कर छ। पछिल्लो मतपरिणामअनुसार मियाले २०८७४ मत ल्याएका छन् भने चौधरीले २०१६३ मत ल्याएका छन्।

 

Leave a Reply

Your email address will not be published.