रेशम चौधरीले अग्रता लिएको कैलाली १ को मतगणना सुस्त, राजपा प्रतिनिधिलाई कडाई

धनगढी- कैलाली निर्वाचन क्षेत्र नम्बर १ को मतगणनास्थल कृषि विकास कार्यालयमा राष्ट्रिय जनता पार्टीका एजेन्टहरुलाई प्रवेशमा कडाई गरिएको छ ।

अरु दलका पार्टी प्रतिनिधिलाई प्रवेशमा सहज भएपनि आफूहरुलाई प्रशासनले निकै कडाई गरिएको गुनासो छ । राजपाका प्रतिनिधि दिनेश चौधरीले अरु दलको जस्तो आफूहरुलाई प्रवेशमा सहज नभएको बताए ।

उनले भने– ‘पास भएको एजेन्टलाई प्रवेशमा कडाई गरिएको छ । पालोमा बस्न जाने एजेन्टलाई लिन भित्र बसेको एजेन्टले गेटसम्म पुग्नुपर्ने बाध्यता प्रशासनले सिर्जना गरेको छ । तर अरुलाई भने यस्तो बाध्यता छैन । कृषि विकास कार्यालयको मत गणना हुने स्थानदेखि गेटसम्मको दूरी करिब एक सय मिटरभन्दा बढी छ ।’

कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले कडाई नभएको बताउँदै एकै दलका दुईभन्दा बढी एजेन्ट प्रवेश गर्न थालेपछि केही कडाई भएको हुनसक्ने बताए । तर सबै एजेन्टहरुलाई समान रुपमा प्रवेश दिएको उल्लेख गरे ।

त्यस्तै उनले क्षेत्र नम्बर १ को मतगणनामा केही ढिलाई भएको स्वीकार गर्दै एकै टीमबाट मात्रै गणना भएकाले ढिलाई भएको बताए । अरु क्षेत्रको गणना सकिएपछि १ नम्बरको पनि दुई टिमबाट गणना गरिने प्रजिअ रिजालको भनाई छ ।

Leave a Reply

Your email address will not be published.