सप्तरी ३ मा राजपाका चन्द्रकान्त चौधरी विजयी

प्रतिनिधिसभा सप्तरी क्षेत्र नं ३ मा नेपाली कांग्रेसलाई हराउँदै राष्ट्रिय जनता पार्टीका उम्मेदवार चन्द्रकान्त चौधरी विजयी भएका छन्। जिल्ला मुख्य निर्वाचन कार्यालयले मध्यरात सार्वजनिक गरेको मत परिणमअनुसार चौधरीले २२ हजार ५८४ मत ल्याएर विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार दिनेशकुमार यादवले १९ हजार ४०१ मत प्राप्त गरे। यसअघि सप्तरी क्षेत्र नं २ बाट संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव भारी मतले विजयी भएका थिए।

Leave a Reply

Your email address will not be published.