थारु गीत संगीतमा स्थापित बन्दै परियार

विमला चौधरी/बाँके।

बाँके राप्ती सोनारी गाउँपालिका ३ का विश्वसागर परियार थारु लोक पप गायनतर्फ आकर्षित हुँदैगएका छन् । सुगम जिल्लाको दुर्गम क्षेत्रमा जन्मेका परियार फिल्मी क्षेत्रबाट गायन क्षेत्रमा लागेको एक बर्ष न बित्दै आधा दर्जनबढि थारु लोक पपगीत बजारमा ल्याउन सफल भएका छन् । अनलाइन अइहो हो छैली फेसबुकमा च्याट करवी, गोल गप्पा जैसिन तोहार गुलावी उ गाल, तु मोर ज्यान ज्यान हो तु मोर प्राण हो, जुग्नी चम्के रातमेलगायतका आधा दर्जन गीतबाट चर्चा कमईसकेका परियारले भर्रखरै म्यूजीक भिडियो सहितको फ्लाईङ कीस बजारमा ल्याएका छन् । थारु बस्तीमा आजभोली गयक परियारकै गितहरु गुन्जने गरेकाछन् ।

थारु गायनलाई आफ्नै शव्द, लय र स्वरमा धमाधम गीत निकालिरहेका परियार नयाँ मोडल तथा नयाँ पुस्तालाई लक्षित गरेर गायनलाई अगाडी बढाउने सोच रहेको बताउँछन् । उनी भन्छन् ‘युवा लक्षित गीतमात्र ल्याएको बारे गुनासो पनि आउने गरेको छ, अब थारु परम्परागत गीतको खोजीमा छु , परम्परागत गीत निकाल्न पनि खासै अप्ठेरो नपर्ला’ । गीत मात्र होईन उनी पछिल्लो अवस्थामा आफ्नै कथा र निर्देशनमा एउटा थारु फिल्मको तयारीमा रहेको पनि बताएकाछन् । परियारले यस अघि दुईवटा थारु फिल्ममा समेत मुख्य कलाकारको भुमिका निर्वाह गरिसकेका छन् । थारु फिल्म बन्दीदी र प्रेमके बस्तिमा अभिनय गरिसकेका गायक परियार अव भने नितान्त कम्लहरीहरुको कथा ब्यथा समेटिएको फिल्म निर्माण गर्ने सोंच बनाएको बताएका छन् ।

थारुगाउँमा जन्मेहुर्केका गायक परियार थारु भाषा र संस्कृतीलाई आसाध्यै मायाँ गर्ने बताउँदै भन्छन् ‘थारुकै कोख बाट जन्मेको भए अझै आफूलाई भग्यमानी ठान्ने थिएँ ’ । युवायुवतीले मन पराउनेखाले अझै ३ वटा गित तयारी अवस्थामा रहेको परियारले बताएकाछन् । एकचो लभ यु कहो यी ज्यान टुँहार हो, आगवे आगे मोटर बाईक पाछे पाछे मोटर कार, यी लवन्डी म्वार हो ना जिस्काउन यार, मिनी स्कटवाला छैली पलट्क हेरो दैदेउ एक चम्मालगायतको गीत बजारमा ल्याउने तयारी रहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published.