लोकतान्त्रिक गठबनधनले बहुमत ल्याउँछ : उमाकान्त चौधरी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमाकान्त चौधरीले कांग्रेसले नेतृत्व गरेको लोकतान्त्रिक गठबन्धनको बहुमत आउने निश्चित रहेको ठोकुवा गरेका छन् । बारा निर्वाचन क्षेत्र न १ को आदर्श कोतवालको टेढाकटी, बारागढीको सिहासनीमा भएको छुटाछुटै घरदैलो तथा चुनावी सभालाई सम्बोधन गर्दै क्षेत्र न १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार चौधरीले सो कुरा बताएका हुन् ।

उनले नेपाली जनताले कम्युनिष्टहरुलाई हेरिसकेको र उनीहरुको शासनकालमा पीडा भोगिसकेको भन्दै अब पनि नेपाली जनता भ्रममा नपर्ने बताए । लोकतन्त्र पक्षधरको शासन व्यवस्था कम्युष्टिको शासन व्यवस्थाको स्वाद नेपाली जनताले चाखी सकेको भन्दै फेरि पनि झुठको खेती गर्ने कम्युनिष्ट गठबन्धनलाई जनताले पाखा लगाएर नै छोडने चौधरीले ठोकुवा गरे ।

मुलुकका मात्र होइन्, संसारको धेरै देशहरुमा पनि कम्युनिष्ट गठबन्धन फेल भएको उदाहरण दिँदै माओवादी केन्द्र र एमाले पार्टीको एकता महिना दिन नबित्दै भत्किने दाबी गरे । तानशाह विरोध कांग्रेसले जस्तो सुकै मूल्य चुकाउने तयार रहेको दाबीसमेत नेता चौधरीले गरे ।

सोही घरदैलो तथा चुनावीसभालाई निर्वाचन क्षेत्र न १ को प्रदेशसभा २ का सदस्य भागवतप्रसाद साहले कांग्रेस पार्टीलाई जिताउन कुनै पनि कसर बाकी नराख्न जिल्ला स्तरीय नेता कार्यकर्ताहरुलाई आग्रह गरे । ‘कांग्रेस जितेमात्र देश बलियो रहन्छ हामी तपाईँको भविष्य रहन्छ,’ प्रदेशसभा सदस्य साहले भने ।

निर्वाचन क्षेत्र न १ नेपाली कांग्रेसका क्षेत्रीय संयोजक देवदत वछाड, समानुपातिक उम्मेदवार रामबाबु चौधरीलगायत स्थानीय तहका नेताहरुले पनि सम्बोधन गर्दे नेपाली कांग्रेसलाई जिताउन प्रतिबद्धता ब्यक्त गरेका थिए।

Leave a Reply

Your email address will not be published.