थरुहट आन्दोलन हाँक्ने घटकले ७ प्रदेशमा चुनावको लागि उम्मेदवार छान्दै

लखन चौधपरी/धनगढी।

मौजुदा सुदूरपश्चिम अर्थात नौ जिल्लाको ७ नम्बर प्रादेशिक खाकाप्रति असन्तुष्टि जनाउँदै आएको नेपाल लोकतान्त्रिक फोरमले पनि उम्मेदवार छनौटको कार्यलाई तीव्रता दिएको छ । लामो समयसम्म थरुहट/थारुवान आन्दोलन हाँक्दै आएको लोकतान्त्रिक फोरमले आफ्नो फरक मतसहित प्रदेश नम्बर ७ बाट प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि उम्मेदवार छनौटमा जुटेको हो ।

पार्टी सहअध्यक्ष भानुराम थारुले प्रादेशिक चुनावमा नगए सबै उपलब्धी तथा अवसरहरु गुमाउनु पर्ने हुँदा प्रादेशिक चुनावमा पार्टीले भाग लिएको बताए । प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिएपनि प्रादेशिक चुनावमा नजाने बताउँदै आएका सहअध्यक्ष थारुले प्रादेशिक सभामार्फत आफु अनुकुल शासन व्यवस्था ल्याउन पनि भाग लिनु परेको उल्लेख गरे ।

उक्त पार्टीको क्षेत्रीय भेलाले कैलाली निर्वाचन क्षेत्र नम्बर ४ को लागि प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि उम्मेदवार छनौट गरेको छ ।
प्रतिनिधि सभा सदस्यको लागि प्रत्यक्ष तर्फ पार्टीको केन्द्रीय उपाध्यक्ष तथा सांसद गीता राणा श्रेत्रीलाई छनौट गरेको छ । भने समानुपातिक तर्फ आदिवासी जनजाती महासंघ कैलाली अध्यक्ष तेजतरामी मगर, पार्टीको केन्द्रीय सदस्य माधव चौधरी, मनिराम चौधरी र महिला समानुपातिक सदस्यमा शारदा केसीको नाम सिफारिस गरिएको क्षेत्रीय अध्यक्ष गजेन्द्र पन्तले जानकारी दिए ।

त्यस्तै, प्रदेश सभा सदस्यको लागि समानुपातिक तर्फ ६ जनाको नाम सिफारिस गरिएको छ । क्षेत्रीय अध्यक्ष गजेन्द्र पन्त, क्षेत्रीय सदस्य रुपा चौधरी, तारा कुमारी चौधरी, जिल्ला सदस्य संगिता चौधरी, क्षेत्रीय सहअध्यक्ष मेलाराम टेंर्रा, पार्टीको गौरीगंगा नपा अध्यक्ष सगतराम चौधरी, सचिव रामकुमार चौधरी, रामबहादुर चौधरीको नाम पनि सिफारिस गरिएको छ । तर प्रत्यक्ष तर्फ छनौट हुन बाँकी रहेको जनाइएको छ ।

त्यस्तै, अन्य निर्वाचन क्षेत्रमा औपचारिक निर्णय हुन बाँकी रहे तापनि क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यको लागि प्रत्यक्ष तर्फ सांसद रामजनम चौधरी र समानुपातिक तर्फ पार्टी सहअध्यक्ष भानुराम थारुको नाम चर्चामा रहेको छ । भने निर्वाचन क्षेत्र १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्ष तर्फ सांसद जनक चौधरीको नाम पनि चर्चा रहेको बताइएको छ ।

नेपाल लोकतान्त्रिक फोरम र नेपाली कांग्रेसबीच भैरहेको तालमेलले उम्मेदवार छनौटमा केही प्रभाव पार्ने देखिएको छ । पार्टीको केन्द्रीय सदस्य माधव चौधरीले काँग्रेससंगको समन्वयले गर्दा केही पाउनुपर्ने र केहि ठाउँमा गुमाउनु पर्ने अवस्था आउने बताए ।

७ नम्बर प्रदेशको कैलाली र कञ्चनपुरमा मात्रै पकट रहेको उक्त दलले कञ्चनपुर जिल्लाको ३ वटै निर्वाचन क्षेत्रमा पनि उम्मेदवारको टुंगो लगाएको छ ।
निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा प्रत्यक्ष तर्फ जिल्ला अध्यक्ष पुष्कल चौधरीलाई टुंगो लगाइएको छ । भने प्रतिनिधि सभा समानुपातिक तर्फ बासुदेव राना, हरिराम चौधरी, पार्वती राना, प्रेमवती रानाको नाम सिफारिस गरिएको छ ।

त्यस्तै, प्रदेश सभा सदस्य प्रत्यक्ष तर्फ राजबहादुर चौधरी, मोहनलाल राना, विक्रम चौधरी, वीरबहादुर चौधरी, रामबहादुर राना, शेरबहादुर रानाको नाम चर्चामा रहेको छ । भने समानुपातिक तर्फ घुमन राना, रामुलाल चौधरी, राजमति राना, सन्तु राना, दौपती राना, सुनकुमारी चौधरी, प्यारेलाल राना, भागीराम चौधरी, टीकाराम चौधरीको नाम चर्चामा रहेको कञ्चनपुर जिल्ला अध्यक्ष पुष्कल चौधरीले बताए ।

निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा प्रत्यक्ष तर्फ डा. फूलराम चौधरी, गीता चौधरी र समानुपातिक तर्फ लक्ष्मण प्रसाद डंगौराको नाम सिफारिस गरिएको छ । त्यस्तै, प्रदेश सभा प्रत्यक्ष तर्फ गीता चौधरी र समानुपातिक तर्फ फनिराज दहित, टीकाराम चौधरी, हरिसिंह वड, खुसीराम डंगौरा, ललिता डंगौरा, मोनु डंगौरा, संञ्जिव चौधरी र श्रीराम बडायकको नाम चर्चामा रहेको छ ।

त्यस्तै निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा प्रत्यक्ष तर्फ गजेन्द्र सिंह राना र समानुपातिक तर्फ ईश्वरी चौधरी, कृति थापामगरलाई चयन गरिएको छ । भने प्रदेश सभा प्रत्यक्ष तर्फ मनसा डंगौरा, भीमबहादुर राना र समानुपातिक तर्फ सुनिता डंगौरा, हरिराम दमाई, मुन्नी चौधरी, सुशिला डंगौराको नाम सिफारिस गरिएको अध्यक्ष चौधरीले बताए ।

कञ्चनपुर जिल्लाको सवै निर्वाचन क्षेत्रको उम्मेदवारको टुंगो लाग्ने जनाइएको छ । हाल जिल्ला अध्यक्ष चौधरीलगायतको टोली राजधानीमा रहेको छ । त्यस्तै, काँग्रेस संग तालमेल भए जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ लाई लोकतान्त्रिक फोरम दावी गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published.