‘टाइगर टप थारू लज’ एसियाकै उत्कृष्ट १० आरामदायी टेन्ट क्याम्पको सूचीमा

पर्यटनअन्तर्गत ‘ग्ल्यामिङ’ एसियाली मुलुकहरुमा फस्टाउँदो छ। ‘ग्ल्यामिङ’ भनेको कुनै नौलो कुरा होइन, टेन्टमा क्याम्पिङ गर्नु नै हो। तर, अलि बेग्लै खाले।

कुनै पनि ठाउँमा थोरै सुविधामा सामान जोरजाम गरेर टेन्ट क्याम्पिङ गरिन्छ भने ग्ल्यामिङ पूर्ण सुविधा साथ। पर्यटकीय क्षेत्रको आकर्षक स्थान (विशेषगरी जंगल)मा आरामदायी ओछ्यान, खानपिन, विजुली, पानी लगायतका सुविधा भएको ठूलो टेन्टमा बस्नु नै ग्ल्यामिङ हो। टेन्टमै बस्ने भए पनि यसमा हुने सुविधा कुनै होटलको कोठाभन्दा कम हुँदैनन्।

नेपालमा पनि ग्ल्यामिङ उदाउँदै छ। घरबाहिर घुम्न गएर सबै सुविधासहित टेन्टमा बास बस्ने चलन बढ्दै छ। यसको राम्रो उदाहरण चितवनको ‘टाइगर टप थारू लज’ एसियाका उत्कृष्ट दस ग्ल्यामिङ गन्तव्यमा पर्नु हो।

नेपालमा सबभन्दा पहिले टेन्ट क्याम्प सुरू गर्नेमध्येको एक टाइगर टपको क्याम्प चितवनमा छ। यसलाई सिएनएनले एसियाकै उत्कृष्ट १० ग्ल्यामिङ गन्तव्यको सूचीमा राखेको छ।

यहाँको क्याम्पबाट गैंडा, हात्ती, बाघ लगायतका जनावर देख्न सकिन्छ। सि पहिले यसका क्याम्प चितवन राष्ट्रिय निकुन्जभित्रै थिए। ५ वर्षअघि सरकारले निकुन्जभित्र कुनै होटल–लज नराख्ने नियम लागू गरेपछि हटेका हुन्। कम्पनीले केही समयअघि मात्र संचालन गरेको ‘टाइगर टप्स एलिफेन्ट क्याम्प’ सिएनएनको सूचीमा छ।

यो सूचीमा मोयो टापूको अमनवाना, बालीको सान्डाट ग्ल्यामिङ टेन्ट, थाइल्याण्डको एलिफेन्ट हिल्स, उत्तरी भारतको दामोदर डेर्जट क्याम्प, चीनको गन्नन क्षेत्रको नर्देन ट्राभल, राजस्थानको सुजन जवाइ र शेर बाघ रेलाएस एण्ड चेतक्स र नेपालको टाइगर टप्स परेका हुन्।

सिएनएनका अनुसार यसमा हालै अन्य तीन वटा नयाँ थपिएका हुन्। सन् २०१८ बाट पूर्णरुपमा संचालनमा आउने कम्बोडियाको कार्डामम टेन्टेड क्याम्प र शिन्ता मणि वाइल्डका साथै लावोसको जंगलस्थित रोजवुड लुवाङ प्रवाङ यो सूचीमा पर्ने नयाँ कम्पनी हुन्।

Leave a Reply

Your email address will not be published.