‘नेपालको संविधान २०७२’ थारु भाषामा प्रकाशन

नेपालको संविधान पश्चिमा थारु भाषामा प्रकाशन गरिएको छ । प्राचीन सिर्जनशील आदिवासी समाज बर्दियाको अगुवाइमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको अनुमतिबाट संविधान प्रकाशन गरिएको हो ।

नेपाली भाषामा रहेको नेपालको पहिलो संशोधित संविधान बाँसगढीस्थित ‘गुर्वावा एमएम’का प्रमुख एकराज चौधरीले अनुवाद गरेका हुन्।
सिँचाइमन्त्री सञ्जयकुमार गौतम र पशुपक्षी विकासमन्त्री सन्तकुमार थारुले सो कृतिको आज विमोचन गरे। नेपालको संविधान थारु भाषामा प्रकाशन गर्न मन्त्रिस्तरीय बैठकले गत पुस १ गते निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published.