बाराको विश्रामपुरमा लोकतान्त्रिक फोरम विजयी

बाराको विश्रामपुर गाउँपालिकामा फोरम लोकतान्त्रिक विजयी भएको छ । फोरम लोकतान्त्रिकका अमिरीपाल ३६३६ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उमेद्वार रुल्थकार अलिले १५१२ मत ल्याए ।

उपाध्यक्षमा पनि फोरम लोकतान्त्रिककै सुमित्रा देवी २३१४ मत ल्याएर विजयी भएकी छन् । उनकी निकटतम प्रतिस्पर्धी राजपाका मधुमाया यादवले १२०० मत ल्याएकी छन् ।

Leave a Reply

Your email address will not be published.