थारु पत्रकारहरु प्रेस काउन्सिल पुरस्कारबाट सम्मानित

प्रेस काउन्सिल नेपालको ४८ औं वार्षिकोत्सवको अवसरमा विभिन्न क्षेत्रका पत्रकारहरुलाई सम्मानित गरेको छ। राष्ट्रपति भवन शितल निवासमा शुक्रबार आयोजित विशेष कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट थारु पत्रकारसहित अन्य पत्रकार पुरस्कृत र सम्मानित भए।

थारु समुदायबाट कञ्चनपुरका रामचन्द्र कुश्मी र सुनसरीकी ममता चौधरी पनि पुरस्कृत भएका छन्। उनीहरुले सम्मानपत्रसहित जनही दस हजार रुपैयाँको राशि पनि प्राप्त गरेका छन्।

त्यस्तै समारोहमा काउन्सिलका विभिन्न वार्षिकमध्ये ‘प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार’ पत्रकार बालकृष्ण चापागाईं र ‘प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’ पत्रकार धर्मेन्द्र झालाई प्रदान गरियो । दुवै पुरस्कारको राशि जनही रु एक लाख पाँच हजार छ । रु २५ हजार राशिको ‘प्रेस काउन्सिल आचारसंहिता पुरस्कार’ सप्तकोशी एफएम रेडियो (सुनसरी)लाई दिइयो ।

यस्तै ‘प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार’ पत्रकारद्वय हरिहर खनाल (चितवन) र वियोगी बुढाथोकी (काठमाडौँ)लाई प्रदान गरिनेछ । काउन्सिलले यस वर्षको ‘प्रेस काउन्सिल स्तम्भ लेखन पत्रकारिता पुरस्कार’ पत्रकार मुरलीप्रसाद यादव (सप्तरी)लाई प्रदान भयो ।

‘प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार’ पत्रकार विणा सिन्हा (काठमाडौँ)लाई प्रदान गरियो । ‘प्रेस काउन्सिल महिला सशक्तीकरण पत्रकारिता पुरस्कार’ पत्रकार इन्दिरा अर्याल (बुटवल), कमल पन्थी (काठमाडौँ), टीका विष्ट (सुर्खेत), कोपिला कँडेल (बाग्लुङ) र अञ्जली थापा (मकवानपुर)लाई प्रदान गरियो ।

‘प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी पत्रकारिता पुरस्कार’ पत्रकार ओमप्रसाद घायल (पर्वत), रामकुमारी (रूबी) श्रेष्ठ (ललितपुर), राधेश्याम पट्टेल (पर्सा), रामचन्द्र चौधरी (कञ्चनपुर) र नमनकुमार शाही (दैलेख)लाई प्रदान गरियो ।

त्यसैगरी ‘प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार’ दण्ड गुरुङ (काठमाडौँ), मानसिंह विक (रोल्पा), रविन थपलिया (काठमाडौँ), अनिलकुमार कर्ण (काठमाडौँ), मदन ठाकुर (रौतहट), सन्तोष रुचाल (धनकुटा), महेशकुमार चौधरी (सुनसरी) र विजेता चौधरी (काठमाडौँ)ले पाउनुभयो ।

‘प्रेस काउन्सिल युवा सशक्तीकरण पत्रकारिता पुरस्कार’ विभिन्न जिल्लाबाट छ, ‘प्रेस काउन्सिल सशक्त लेखन पत्रकारिता पुरस्कार’ पाँच र ‘प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार’ तीनजना पत्रकारलाई प्रदान गरियो । पुरस्कारको राशि जनही रु १० हजार छ । काउन्सिलका पूर्वअध्यक्षहरुको सम्मान र दीर्घसेवी तथा उत्कृष्ट कर्मचारीलाई पनि पुरस्कृत गरियो ।

Leave a Reply

Your email address will not be published.