वाम नेता प्रभुनारायण चौधरीको योगदानको स्मरण, विभिन्न व्यक्तित्वलाई सम्मान

प्रभुनारायण चौधरी स्मृति प्रतिष्ठानले ८औं स्मृति दिवसको अवसरमा विभिन्न क्षेत्रमा रहेर राष्ट्रलाई योगदान पुर्‍याएका ब्यक्तित्वहरुलाई सम्मान गरेको छ। संगीत, कला, पत्रकारिताका माध्यमबाट राष्ट्रलाई योगदान पुर्‍याएका पत्रकार मदन चौधरी, रामशुभक महतोलगायत सात जना ब्यक्तित्वलाई प्रतिष्ठानले सम्मान गरेको हो।

विसं १९९९ मा सुनसरीको बकलौरी गाविसमा जन्मिएका चौधरीले नेकपा संयुक्त मार्क्सवादीका संस्थापक अध्यक्ष भई जिम्मेवारी बहन गरेका थिए। विसं २०२५ मा झोरा आन्दोलनको नेतृत्व गर्दा जेल परेका चौधरी पटक–पटक गरी १७ वर्ष जेल बसेका थिए। कानुनमा स्नातक गरेका चौधरी विसं २०१५ देखि नेपाल कम्युनिस्ट पार्टीको सदस्य बने। उनी भूमिसुधार तथा व्यवस्था मन्त्री पनि भए।

८औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा आपूर्ति मन्त्री शिव कुमार मण्डलले नेपालको राजनीतिक परिवेश समय सापेक्ष चलाउन कम्युनिष्टका सशक्त योद्धाको खाँचो रहेको बताएका छन्। उनले प्रभुनारायण चौधरी उएटा निष्ठा, त्यागी र देशभक्त कम्युनिष्ट जनताका छोरा भएर देश र जनताको सेवा गरेकाले हामी सबैले उनको कार्यको खोजीनीति गर्नु जरुरी रहेको बताए।

त्यस्तै प्रभु नारायण प्रतिष्ठानका अध्यक्ष विद्यानन्द लेखीले सरकारले नै प्रभुनाराण चौधरीलाई ‘घ’ वर्गको नेताको दर्जा दिएर ठूलो विभेद गरेको बताए। ‘राज्यले देशभक्त र निष्ठावान नेतालाई जानी जानी ‘घ’ वर्गमा छुट्याउछँ भने अरुले कसरी सम्झिने?,’ उनको प्रश्न थियो।

Leave a Reply

Your email address will not be published.