फाइनलमा ब्रिजेश चौधरीको शानदार गोल, नेपाल विजेता बन्न असफल

नेपाललाई हराउँदै भारत साफ यु–१५ को उपाधि जितेको छ। सात्दोबाटोस्थित एन्फा कम्प्लेक्समको मैदानमा भएको फाइनलमा नेपाललाई २-१ गोलले पराजित गर्दै भारत च्याम्पिन बनेको हो। यसअघि यही टुर्नामेन्टमा भारतले नेपाललाई २-१ गोलले नै पराजित गरेको थियो।

खेलको ४१औं मिनेटमा गोल गर्दै नेपालले अग्रता लिएको थियो। भारतीय खेलाडीले डबक्सभित्र फल हानेपछि पाएको पेनाल्टीमा नेपालका स्ट्राइकर ब्रिजेश चौधरीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए।

पहिलो हाफमा अग्रता लिएको नेपाली टोलीले दोस्रो हाफमा भने जम्न सकेनन्। ५९औं मिनेटमा लालरोकिमाको गोलले बराबरीमा ल्याएको भारतका लागि ७५औं मिनेटमा बिक्रम प्रताप सिंहले उत्कृष्ट गोल गरेका थिए।

Leave a Reply

Your email address will not be published.