जनताको समस्या समाधान गर्न भूमीसम्बन्धी तीनवटै ऐन संशोधन हुन्छ : मन्त्री दहित

भूमीसुधार तथा व्यवस्थामन्त्री डा. गोपाल दहितले नवलपरासीको सरावल गाउँपालिकाले पेस गरेको नीति तथा कार्यक्रम एकदमै राम्रो भएको बताएका छन्। सरावल गाउँपालिकाको प्रथम गाउँसभाको उद्‍घाटन गर्दै मन्त्री दहितले २० वर्षको गुरुयोजना बनाई अगाडि बढ्न सुझाव पनि दिएका छन्।
‘सुरावल गाउँपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम उत्कृष्ट छ। यसको कार्यन्वयन गर्नुको साथै लामो २० वर्षे गुरुयोजना बनाएर काम गर्न सुझाव पनि दिन चाहन्छु,’ मन्तब्यका क्रममा दहितले भने।

उनले नेपालमा सबैभन्दा खतरनाक समस्या कृषियोग्य जमिन मास्नुरहेको बताए। त्यस्ता जग्गाहरु सबै मिलेर मासिनुबाट रोक्नुपर्ने उनको भनाई थियो। उनले जनताको भूनीति समस्यालाई समाधान गर्न छिट्टै विद्यमान तीनवटै ऐन संशोधन गरी समस्या समाधान गर्ने बताए। हाल भूमीसम्बन्धी ऐन, भूउपयोग ऐन र गुठी ऐन छन्।

कार्यक्रममा पूर्व रक्षा राज्यमन्त्री रामवचन यादव, पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेल, प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगर, सुरक्षा निकाय र मालपोत कार्यलय परासीका प्रमुख टिकाराम ज्ञवाली र विभिन्न पार्टीका प्रतिनिधिहरुको उपस्तिथि थियो।

Leave a Reply

Your email address will not be published.