संसदमा सत्तापक्ष र प्रतिपक्षका थारु सांसदहरुबीच ‘वाक युद्ध’ [भिडियो]

संसदमा सोमबार भएको संवसधान संशोधन विधेयकमाथिको छलफलमा सत्तापक्ष र प्रतिपक्षका थारु सांसदहरु विभाजित देखिए। ४८ मत नपुगेर विधेय फेल भएपनि नेकपा एमाले थारु सांसदहरुले संशोधन विधेयकको औचित्य नरहेको र विदेशीको इशारामा यो विधेयक ल्याइएको आरोप लगाइरहेका थिए। सत्तापक्ष माओवादी र नेपाल लोकतान्त्रिक फोरमले भने थारुहरुले यसैको लागि आन्दोलन गरेको भन्दै संविधान संशोधन हुनुपर्ने अडान राखेका थिए।

माओवादी केन्द्रका सांसद अमनलाल मोदीले यो विधेयक विदेशीको इशारामा नभई भूमीपुत्र थारुहरुको इशारामा आएको बताए। उनले यसैको लागि थारुहरुले यत्रो लामो संघर्ष गर्दै आएको बताए। एमालेकी सांसद मञ्जु चौधरीले भने छिमेकी मुलुकको इशारामा विधेयक ल्याएको आरोप लगाइन्। उनले दुई तिहाई र ९० प्रतिशतभन्दा धेरैको सहभागितामा संवसधान ल्याएको भन्दै संसारकै उत्कृष्ट संविधान भएको दाबी गरिन्। उनले संविधान कार्यन्वयनतिर लाग्नुपर्ने पनि बताइन्। उनले नागरिक र भाषाका विषयमा पनि संशोधन गर्नुपर्ने केही नभएको बताइन्। मोदीले भने भाषामा पनि ठालुहरुले हैकम चलाइरहेको बताए।

एमालेकै सांसद नागेन्द्र चौधरीले यो संशोधन विधेयकको औचित्य नभएको पटक पटक दोहोर्‍याएका थिए। त्यसो त एमालेका प्रभावशालाी थारु नेता वैजनाथ चौधरीले पनि यसको कुनै ‍‍औचित्य नभएको र अर्कै कुरामा संविधान संशोधन हुनुपर्ने जिकिर गरेका थिए।
नेपाल लोकतान्त्रिक फोरमका सांसद योगेन्द्र चौधरीले भने थारुहरुले यसैको लागि यत्रो आन्दोलन गर्दै आएको बताए। टीकापुर घटनाको स्मरण गराउँदै उनले निर्दोष थारुहरुको रिहाई हुनुपर्ने माग संसदमा राखे।

भिडियो हेर्नुस् सत्तापक्ष र प्रतिपक्षको जुहारी

Leave a Reply

Your email address will not be published.