सिडिओमाथि मन्त्री दहित आक्रोशित, भने, मन्त्रीको सम्मान गर्न नसक्नेले नागरिकको सम्मान कसरी गर्छ ?

भूमिसुधार मन्त्री गोपाद दहितले दाङका प्रमुख जिल्ला अधिकारीले आफ्नो सम्मान नगरेको बताएका छन्। ‘मुक्त कमलरी परिचय पत्र वितरण’ सहितका कार्यक्रममा सहभागी हुन शनिबार दाङ पुगेका मन्त्री दहितले झन्डावाला गाडी नपठाएको भन्दै जिल्ला प्रमुख अधिकारी गजेन्द्रबहादुर श्रेष्ठलाई लाज मान्नुपर्ने बताए। उनले मन्त्रीको सम्मान गर्न नसक्ने सिडिओले दाङका नागरिकलाई के सम्मान दिने भन्दै गुनासो गरेका थिए।

‘हाम्रो यहाँका प्रमुख जिल्ला अधिकारीले वर्तमान मन्त्रीलाई कसरी इज्जत सम्मान दिनुपर्छ भन्ने सिकेका रहेनछन्,’ उनले भने, ‘एउटा गाडी नेपालगञ्ज पठाउन सक्दैनन्,’ दहितले भने, ‘२७/२८ जना मन्त्री हुँदा ११ औं नम्बरमा पर्ने गोपाल दहित हो। तर, आज यहाँ कार्यक्रम हुँदा झण्डा भएको गाडी पठाउँदैनन्। यस्ता गैरजिम्मेवारपूर्ण प्रजिअ पाएका छौं।’

उनले भने, ‘उहाँलाई लाज लाग्नु पर्ने हो । यति लाज लाग्नु पर्ने कि आजको कार्यक्रममा सीडीओ भएर बस्न नसक्नु पर्ने हो । किनकी मन्त्रीलाई इज्जत दिन सक्दैन भने दाङका नागरिकलाई के इज्जत दिनसक्नु ।’ पूर्व जानकारी दिएर आउँदा पनि ‘लापर्वाही’ भएको भन्दै भूमिसुधार मन्त्रीले सानो दल भनेर वा थारु मन्त्री भनेर हेपेको होला । यो लज्जास्पद छ ।’

Leave a Reply

Your email address will not be published.