निर्दोष थारुलाई रिहाई नगरेसम्म संशोधन विधेयकको पक्षमा उभिन सक्दिन : गंगा थारु

नयाँ शक्ति नेपालका सांसद गंगा चौधरीले आफू संविधान संशोधन विधेयकको विपक्षमा उभिने बताएकी छन्। संशोधन विधेयकमाथिको छलफलमा आइतिबार संसदमा बोल्दै उनले थारुहरुको माग पूरा नहुन्जेलसम्म र निर्दोष थारुहरुलाई रिहाई नगरेसम्म संशोधन विधेयकको पक्षमा उभिन नसक्ने स्पष्ट पारे।
उनले आफूले यसबारे पटक पटक ध्यानाकर्षण गराउँदा समेत सरकारके ध्यानाकर्षण नभएको बताइन्। ‘निर्दोष थारुलाई रिहाई नगरेसम्म यो विधेयकको सार्थकता के? सार्थकता नभएको विधेयकमा म समर्थन जनाउन सक्दिन,’ उनको भनाई थियो।

भिडियो हेर्नुस्:

Leave a Reply

Your email address will not be published.