रत्ननगरको बन्सी टोलमा कयर खोला पस्यो, ४० घर डुबानमा

पूर्वी चितवनको रत्ननगर नगरपालिका–३ शान्तिचोक स्थित बन्सी टोलमा कयर खोला पसेको छ । साँझ ७ बजेपछि पसेको खोलाका कारण स्थानीय करिव ४० घर डुबानमा परेका छन् ।

स्थानीय जन्नु महतोका अनुसार बस्तीमै कयर खोला पसेकाले करिब ४० घर डुबानमा परेको जानकारी दिए। उनले घरभित्र पूरै पानी पसेपछि खाद्यान्न, लत्ताकपडालगायतमा क्षति पुगेको जानकारी दिए। उनले भनिन्, ‘अहिले पुरै घरभित्र पानी छ, बस्ने ठाउँ छैन्, बाढीले घरै पगाउँला कि भन्ने त्रासमा छौं।’

नारायणी अनलाइनबाट

Leave a Reply

Your email address will not be published.