आदिवासी जनजातिहरुसँग सम्झौता मात्र गर्ने? कार्यन्वयन गर्न पर्दैन ? : अमनलाल मोदी

नेकपा (माओवादी केन्द्र)का सांसद अमनलाल मोदीले विश्व आदिवासी तथा जनजाति दिवसका दिन सार्वजनिक बिदा दिन माग गरेका छन्। संसदको विशेष समयमा बुधबार बोल्दै उनले आदिवासी जनजातिसम्बन्धी विभिन्न सन्धी सम्झौताहरुमा नेपालले सस्ताक्षर गरेपनि यसलाई व्यवहारमा उतारेर आदिवासीहरुलाई कुनै किसिमको अधिकार दिन नसकेको भन्दै सरकारको आलोचना गरे।

उनले आदिवासी दिवसमा नेपालका आदिवासीहरुले अधिकारको प्रत्यभूति गर्न सक्नपर्थ्यो। तर आन्दोलन गेरर अधिकार माग्दा आज पनि टीकापुर घटनामा थारुलाई जेलबन्दी बनाएको उनले आरोप लगाए। आदिवासीहरु के गर्दा उनीहरुको माग पूरा हुन्छ भनिदिन सरकारसँग आग्रह गरेका थिए।

भिडियो हेर्नुस्

Leave a Reply

Your email address will not be published.