थारु समुदायको समग्र विकासबारे समीक्षा गर्न थारु अगुवाको जोड

मानबहादुर चौधरी/बर्दिया।
२३औं विश्व आदिवासी दिवशको अवसरमा साउन २५ गते गुलरियामा भएको छलफल कार्यक्रममा सहभागीहरुले थारु समुदायका अगुवाहरु अति जान्ने मान्ने र केही एजेण्डा बिहिन भएर एताउटा बरालिएको अवस्था रहेको बताएका छन्। ‘आदिवासीको रुपमा चिनिने थारुहरु समय अनुसार अघि गइरहेको छौं कि पछि गइरहेका छौंं’ भन्नेबारे समिक्षा गर्नुपर्न पर्नेमा जोड दिएका छन्।

थारु बुद्धिजीबीहरुले विश्वको आर्थिक र राजनीतिक अवस्था कता जाँदैछ। थारु समुदायको पहिचानको सवालमा के संरक्षण गर्ने ? के चिज बचाउने ? के चिजको अवलम्वन गर्ने ? समयअनुसार प्रस्ट हुन आवश्यक रहेकोमा जोड दिएका छन्।

सो अवसरमा बोल्दै आयोजक कर्मशील नेपालका अध्यक्ष तथा थारु बुद्धिजीवी सुशील चोधरीले वर्तमान अवस्थामा समग्र आदिवासी जनजातिको अधिकार, त्यसभित्र पनि थारु समुदायले के कति कारणले अधिकार पाउनबाट वञ्चित हुन परेको छ। कुन पक्ष बलियो छ भन्नेबारे सम्वाद गरी अगाडि बढ्ने बाटो तय गर्न कार्यक्रम गरेको बताए।

कार्यक्रममा सहभागीहरुले संविधानमा थारुहरुबारे उल्लेख भएको छ  त्यसलाई प्रयोग गरी स्थानीय तहको निर्वाचनमा थारुलगायत पछि पारिएका समुदायलाई समावेशी गर्नु पर्ने मा जोड दिए। सबै राजनितिक पार्टीमा वा राजनीतिक रुपमा पहुँच गराउनसके मात्र अधिकार स्थापित गर्न सकिने भन्दै मानवीय विकासलाई जोड दिनुपर्ने उनीहरुको भनाई थियो।

केही सहभागीहरुले विश्व परिवेशमा भइरहेको सामाजिक परिवर्तनलाई पनि ध्यान दिँदै आदिवासी र थारु जातिले पहिचान संरक्षण र विकास गर्नतर्फ अगाडि बढ्नपर्ने बाध्यता अगाडि आएको बताए। कुनै पनि दिवस र चुनावमा मात्र अधिकारको कुरा नउठाई निरन्तर अभियानको रुपमा वकालत गर्न पर्नेमा पनि जोड दिए।

बर्दिया जिल्लामा थारु समुदायबाट ५२ प्रतिशत थारुहरुको छन्। भरखरै भएको स्थानीय चुनावमा प्रमुख उपप्रमुख आठ जनासहित ८० प्रतिशत जनप्रतिनिधि निर्वाचित भएको र यसले थारु समुदायको समग्र विकासका लागि नयाँ नीति, नियम, योजना बनाउन र कार्यान्वयन गर्न सहयोग पुग्ने आशा ब्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published.