राप्रपा फुट्यो, पशुपति शमशेरको पक्षमा २२ जना सासंद

सरकारमा सहभागी हुने विषयमा विवाद हुँदै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी अन्ततः फुटेको छ। राप्रपाका वरिष्ठ नेता पशुपतिशमशेर जबराले आफ्नै नेतृत्वमा राप्रपा प्रजातान्त्रिक नाममा दल दर्ता गराएका छन्। पशुपति शमशेरले २२ जना सासंद लिएर नयाँ पार्टी दर्ता गराएका हुन्।

राणाले आइतबार ४० प्रतिशत केन्द्रीय सदस्यसहित अलग्गै पार्टी दर्ता गराएका हुन्। राणाले निर्वाचन आयोगमा गएर राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकको नाममा नयाँ दल दर्ता गराएका हुन्। कमल थापा पक्षका १० जना सासंद राणाको पक्षमा गएका छन्। पशुपति शमशेरसँग पहिले भएका १२ जनासहित जम्मा २२ जना सासंदको साथ प्राप्त गरेपपिछ यसअघि ठूलो भनिएका कमल थापाभन्दा राणाको दल ठूलो भएको छ। राणा नेतृत्वको समुह अब सरकारमा जाने बताइएको छ।

विगतदेखि नै फुट्दै जुट्दै आएको राप्रपा अन्ततः पुनः फुटेको हो। केही समयअघि मात्रै कमल थापासँग एकता गरेका राणाले सरकारमा सहभागि हुने विषयमा असन्तुष्टि जनाउँदै आएका थिए। प्रधानमन्त्री शेरबहादुर देउवासँग निकट मानिएका पशुपतिशमशेर सरकारमा जाने पक्षमा थिए। सरकारमा जानका लागि ढोका खुलेको छ।

पहिल्यै देउवा नेतृत्वका सरकारमा जान तम्तयार भएका राणा समुहलाई थापाले रोकेका थिए। सरकारमा जानुपर्छ भनेर लविङ गर्दै आएका दिपक बोहोरा, सुनिल थापा र विक्रम पण्डेले अहोरात्र खटेर पार्टी फुटाएका हुन्। अब यी तिनै जना देउवा सरकारको सारथी बन्न चाहन्छन्।

कमल थापा पक्षका केही सासंद राणाको पक्षमा सही गर्नेलाई पनि मन्त्रिमण्डलमा पठाउने सहमति भएको छ। शेरबहादुर देउवाले चारवटा मन्त्रालय दिने सहमति पशुपतिशमशेरसँग गरेका छन्।

Leave a Reply

Your email address will not be published.