थारु भाषाको चलचित्र ‘लाज’ अमेरिकामा हुने फिल्म महोत्सवमा छनौट

२३ औ विश्व आदिवासी दिवसको अवसर पारी न्युयोर्कमा सम्पन्न हुन लागेको आदिवासी चलचित्र महोत्सवमा सुशन प्रजापतिले निर्देशन गर्नु भएको थारु भाषाको चलचित्र ‘लाज’ लघुचलचित्रको सूचीमा परेको छ । यस अघि कोरिया, क्यानाडा लगायतका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा समेत प्रदर्शन भइसकेको ‘लाज’मा छविलाल कोपिला, सीता दहित, अजित लामिछाने लगायतको प्रमुख भूमिका रहेको छ ।

अगष्ट २५ देखि २७ तारिख सम्म न्युयोर्कमा सम्पन्न हुन लागेको आदिवासी चलचित्र महोत्सवको लागि तिन चरणमा छनोट प्रक्रिया गरिएको थियो । पहिलो दोस्रो र तेस्रो सम्म आउँदा ११ चलचित्रहरु अन्तिम छनोटमा पर्न सफल भएका छन् । चलचित्र छनोट समितिमा डा. कृष्ण भट्टचन, निर्देशक छिरिङ रितार शेर्पा, भाषाविद् अमृत योञ्जन तामाङ, बरिष्ठ निर्देशक नवीन सुब्बा र आदिवासी चलचित्र महासंघका अध्यक्ष अमृत बहादुर सुनुवार रहेका थिए । महोत्सवमा बिभिन्न जातिका ७ लामा चलचित्र र ४ लघु चलचित्रहरु अन्तिम सूचीमा परेका हुन् ।

महोत्सव नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)को मुख्य आयोजनामा ३ दिन आयोजना हुनेछ । महोत्सवमा सहभागिताको लागि ३९ भन्दा बढी चलचित्रहरु दर्ता भएका थिए । छनोट भएका लामा चलचित्रहरुमा अनिल बुढामगर द्धारा निर्देशित लोम्बा (मगर), हेलुक्व(लिम्बु), कृषा गौतमी(नेवार), मैंरिमो(गुरुङ), सुम्निमा(राई), मेम ताबाम्ही(तामाङ), र शेरडा (मुस्ताङ) रहेका छन् । यसैगरी छनोट भएका लघु चलचित्रहरुमा फेके (मुगाल), बन्ठी (माझी), कल्ली (नेवार) र लाज (थारु) रहेका छन् ।

छनोट भएका ७ लामा चलचित्र मध्येले बिभिन्न १० बिधामा प्रतिष्पर्धा गर्नेछन् । उक्त चलचित्रहरुबाट सर्बोकृस्ट चलचित्र, निर्देशक,अभिनेता, अभिनेत्री, कथा, छायाँकार, सम्पादन, भेषभुषा, संगीत र पब्लिक च्वाईसको बिभिन्न विधामा अन्तिम प्रतिष्पर्धा गराईने आयोजकले जनाएको छ । छनोट भएका ४ लघु चलचित्रको हकमा भने सर्वाेत्कृष्ट शर्ट फिल्म र पव्लिक च्वाईसको लागि मात्र प्रतिष्पर्धा गराईने छ । जसमा कल्ली(नेवार), फेके(मुगाल) र पुवालो(राई) गरी ३ लघु चलचित्र छनोटमा परेका छन् ।

महोत्सवमा फिप्नाका सम्पूर्ण सदस्य संस्था, आदिवासी जनजाति चलचित्र महासंघ (फिन्फी) र ईन्डिजिनियस फिल्मस् अकाईभ (आईफा) महोत्सबको सह–आयोजक र नेपाल चलचित्र बिकास बोर्ड र नेपाली महावाणिज्य दुतावास न्युयोर्क महोत्सवका बिशेष सहयोगी संस्था रहनेछन् ।

Leave a Reply

Your email address will not be published.