मोटरसाइकल दुर्घटनामा कांग्रेस नेता राजेश चौधरीेको मृत्यु

मोटरसाइकल दुर्घटनामा परि नेपाली कांग्रेसका जिल्ला स्तरीय नेताको मृत्यु भएको छ । पार्टीको बैठक सकेर धनगढीबाट हसुलिया फर्कँदै गरेका ४५ वर्षीय राजेश चौधरीे भितारियामा साइकललाई ठक्कर दिएपछि अनियन्त्रित भइ मोटरसाइकलसहित लड्न पुगेका थिए ।

घाइते अवस्थामा रहेका चौधरीलाई सेती अञ्चल अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक वीरबहादुर बुढामगरले जानकारी दिए ।

ठक्करबाट घाइते भएका साइकल चालकको सामान्य अवस्थामा सेती अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published.