इटहरी उपमहानगरका निर्वाचित जनप्रतिनिधिलाई थारु महिलाको सम्मान

इटहरी उपमहानगरपालिकामा निर्वाचित वडाध्यक्षहरुलाई थारु महिला सभा नगर कार्यसमितिले सम्मान गरेको छ। इटहरी वडा नं. १६, १७ र १८ का निर्वाचित वडाध्यक्ष दीपनारायण चौधरी,भगवानलाल शाह र रामकुमार चौधरीलाई सभाले सम्मान पत्र र दोसल्ला ओढाइ सम्मान गरेको हो।

कार्यक्रममा अध्यक्ष दीपनारायण चौधरीले अबका दिनमा पछाडि परेका महिलालाई अधिकार दिलाई घरभित्र मात्र सिमित नराख्ने आश्वासन दिलाए। उनले थारुको  कला, संस्कृति र पहिचान संरक्षणका लागि वडाबाट पनि बजेट निर्धारण गर्ने प्रतिबद्धता जनाए। त्यस्तै रामकुमार चौधरीले थारु महिलाहरुले मनाउँदै आएएका जितियालगायतका पर्वमा पनि छुट्टै बजेट बिनियोजन गर्ने प्रतिबद्धता जनाए।

थारु महिला सभाका जिल्ला अध्यक्ष सुशीला चौधरीले महिला सशक्तीकरण र महिला अधिकारका लागि जनप्रतिनिधिहरुको प्रत्यक्ष सरोकार रहेकाले कार्यान्वयनमा जोड दिन आग्रह गरिन्।

सोही कार्यक्रमबाटै वडा नं. १६, १७ र १८ मा थारु महिला सभा वडा कमिटी गठन भएको छ। वडा नं. १६ मा नबिना चौधरी, वडा नं. १७ मा अनिता चौधरी र वडा नं. १८ मा बबिता चौधरी अध्यक्षमा चयन भए।

Leave a Reply

Your email address will not be published.