एमाले बन्यो कैलालीमा प्रमुख शक्ति, घोडाघोडीमा ममता प्रसाद चौधरी विजयी

कैलालीको घोडाघोडी नगरपालिकामा नेकपा एमाले विजयी भएको छ। बुधबार विहान सम्पन्न मत गणना अनुसार घोडाघोडीमा मेयर र उपमेयर दुबै एमालेले जितेको छ । एमालेका ममताप्रसाद चौधरी ८ हजार १६४ मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका लक्ष्मण थारुले ७ हजार २३७ मत पाए । उपमेयरमा एमालेकी प्रेमकुमारी थापा ७ हजार २३४ मतका साथ विजयी भएकी छन् ।

त्यस्तै लम्की चुहामा नगरपालिकाको प्रमुख र उपप्रमुख पनि नेकपा एमालेले जितेको छ। लम्की चुहाको प्रमुखमा एमालेका महादेव बजगाई र उपप्रमुखमा टीका थापा विजयी भएका हुन्।

यो जितसँगै एमालेले कैलालीको सम्पन्न १२ तहको मतगणनामध्ये ७ तहमा जित हासिल गरेको छ । धनगढी उपमहानगरपालिकाको मतगणना भने जारी छ।

Leave a Reply

Your email address will not be published.