लोकतान्त्रिक फोरम भजनीमा पनि पराजित, माओवादीका शेरबहादुर चौधरी बने मेयर

कैलालीको भजनी नगरपालिकामा माओवादी केन्द्रले मेयर र उपमेयर दुवै पदमा जित हात पारेको छ। माओवादी केन्द्रका शेरबहादुर चौधरीले लोकतान्त्रिक फोरमका केवल चौधरीलाई २०३ मतले हराएका छन्। शेरबहादुरले ५ हजार २२८ र केवलले ५ हजार २५ मत पाए।

त्यस्तै उपमेयरमा समेत माओवादी केन्द्रकै छाया देवकोटाले ५ हजार ८ मतले विजय हात पारिन्। उनले लोकतान्त्रिक फोरमकै उम्मेदवारलाई हराइन्। वडा अध्यक्षमा समेत माओवादी केन्द्रकै बहुमत रहेको छ। उसले २, ४, ८ र ९ गरी चार वडामा जितेको छ। त्यस्तै एमालेले २, लोकतान्त्रिक फोरमले २ र काँग्रेसले १ वडामा जितेको छ।

Leave a Reply

Your email address will not be published.