दुई उपमहानगरमा थारु उम्मेदवारको अग्रता

काँग्रेसले अग्रता लिइरहेको सुनसरीको इटहरी उपमहानगरपालिका र बराह नगरपालिकामा एमालेले अग्रता लिएको छ। आज बिहान ९ बजेको मत परिणम अनुसार, इटहरीमा एमालेका मेयरका उम्मेदवार द्दारिकलाल चौधरीले पाँच हजार ६०५ र उपमेयरकी उम्मेदवार लक्ष्मी गौतमले पाँच हजार ४६६ मत ल्याएकी छन्।

नेपाली काँग्रेसका रोहितकुमार प्रसाईंले पाँच हजार ४४५ र उपमेयरकी उम्मेदवार बिमला ढकालले पाँच हजार ३७६ मत ल्याएकी छन्। अहिले वडा नं. २ र १९ को मतगणना जारी छ। यी दुवै वडामा एमालेले अग्रता लिइरहेको छ भने वडा नं. ४ मा प्रारिम्भक चरणको मतगणनामा पुरै प्यानल एमाले अगाडि छ। वडा नं. ४ र ५ एमालेको सवैभन्दा बलियो पकड क्षेत्र मानिन्छ। सवैभन्दा बढी मतदाता भएको वडा पनि वडा नं. ५ नै हो। अहिलेसम्मको मतगणना अनुुसार, एमाले–काँग्रेसबीच कडा टक्कर छ।

३१ हजार मत गणना हुँदा नेकपा एमालेका मेयर उम्मेदवार नरुलाल चौधरीले १३ हजार १ सय ४६ मतका साथ अग्रता कायम राखेका छन्। कांग्रेसका भुपवहादुर डाँगी ९ हजार ६ सय ८२ मतका साथ दोस्रो स्थानमा छन् भने नेकपा माओवादी केन्द्रका जीवन गौतम ७ हजार २ सय १९ मतका साथ तेस्रो स्थानमा छन्।

यस्तै उपमेयरमा एमालेका सीता न्यौपाने १२ हजार ३ सय ५७ मतका साथ अग्रस्थानमा छिन् भने कांग्रेसकी पुष्पा श्रेष्ठ ९ हजार ९ सय ४७ मतका साथ दोस्रो र माओवादी केन्द्रकी सीता चौधरी ७ हजार ४ सय ८७ मतका साथ तेस्रो स्थानमा छिन्।

Leave a Reply

Your email address will not be published.