कैलारी गाउँपालिका-१ मा माओवादीका बालकृष्ण चौधरीको प्यानलै विजयी

कैलालीको कैलारी गाउँपालिकाको वडा नम्बर १ मा माओवादी केन्द्रका बालकृष्ण चौधरी विजयी भएका छन्। ६८५ मतसहित उनको प्यानल नै विजय भएको हो।

सदस्यमा विमला चौधरीले ७०७ मत, लक्ष्मी विकले ७०४ मत, बुद्धिराम दहितले ६२३ मत र बुद्धिराम चौधरीले ६५९ मत ल्याई विजय भएका हुन्। अध्यक्षका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ध्वजहरि पाल बोहराले ६०० मत प्राप्त गरेका छन्।

कैलारी गाउँपालिकामा माओवादी केन्द्रका लाजुराम चौधरीले ९८८ मत र उपमेयरमा लक्ष्मी सत्गौवाले ९५३ मत लयाएर अग्रता लिइरहेका छन्।

Leave a Reply

Your email address will not be published.