कपिलवस्तुमा बम विस्फोट हुँदा दुई थारुसहित ८ जना घाइते

कपिलवस्तुको वाणगंगा नगरपालिकाको गजेहडामा अज्ञात समूहले एक शक्तिशाली बम विस्फोट गराएको छ। वाणगंगा नगरपालिका निर्वाचन अधिकृतको कार्यालय देखि डेढसय मिटर पर गजेहडा चोकमा दिउसो साढे १ बजे बम विस्फोट भएको थियो।

प्रहरीको विट नजिकै अज्ञात समूहले साइकलमा बम राखेर गएको केही समयपछि बम विस्फोट भएको बताइएको छ। सयौंको संख्यामा आएका नेपाली कांग्रेस र माओवादी केन्द्रको संयुक्त गठबन्धनले मनोनयन दर्ता गर्ने क्रममा उक्त बम विस्फोट भएको हो। बम विस्फोटबाट मनोनयन दर्ता गर्ने क्रमा आएका कार्यकर्ता तथा सर्वसाधारण परेको प्रहरीले जनाएको छ।

घाइते हुनेमा वाणगंगा नगरपालिकाका लालबहादुर थारु मटेरिया, बेजे थारु कोपवा, कमलेश चौहान कोपवा, टेक बहादुर गुप्ता मेटरिया, शाहबुद्धिन कोपवा, टोपकला पौडेल डुगहवा, विजय चौधरी मटेरिया, भुपाल गुरुग तथा शुशीला गुरुग भलवाड र उनको साथमा रहेको एक बच्चा घाइते भएका छन् । उनीहरुमध्ये २ जनाको अवस्था गम्भिर रहेको छ । घाइतेहरुको लुम्बिनी अंचल अस्पताल बुटवलमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी नायव निरिक्षक प्रकाश केसीले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published.