रेशम चौधरीको एफएम र रिसोर्टबाट इट्टासमेत लुटिँदै

फूलवारी एफएम र रिसोर्टबाट भौतिक समाग्रीहरु चोरी भएको आरोप रेशम चौधरीले लगाएका छन्। टीकापुर घटनापछि निर्वासन जीवन बिताउँदै आएका उनले त्यहाँको इट्टाहरु लुटिएको बताए। उनले दिनदहाडै इट्टा लुटिए पनि कसैले संरक्षण नगरिदिएको उल्लेख गरेका छन्।

‘म त प्रवासमा छु तर मेरो रिसोर्ट र एफएमका बाँकी रहेका इट्टा समेत लुटिँदैछ। हिजो त इर्स्याले संरक्षण भएन। घटनाको दुई वर्षसम्म हाम्रो घर लुटिरहँदा संरक्षणकर्ता को हँ ?,’ उनले फेसबुकमा प्रश्न गरेका छन्। उनले आफूहरु नेपाली नागरिकबाटै वञ्चित भइसकेको हो भन्दै गम्भीर प्रश्न गरेका छन्।

उनले प्रहरीले आफूहरुमाथि झुठा मुद्दा लगाएर फसाएको बताउँदै आएका छन्। उनले राज्यको न्यायलयले पनि आफूहरुलाई अपराधिको व्यवहार गरेको गुनासो गर्छन्।

भदौ ८ गते कर्फ्युका बेला टीकापुरस्थित उनको रिसोर्ट र एफएममा आगजनी गरिएको थियो। आगजनीबाट रिसोर्ट र एफएम पूर्णरुपले जलेर नस्ट भए। त्यहाँका सामानहरु पनि चोरी हुने क्रम नरोकिएको रेशम चौधरीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published.