बारा नागरिक समाजका अध्यक्ष सुखप्रसाद चौधरीको निधन

नागेन्द्र चौधरी/बारा।

बारा नागरिक समाजका अध्यक्ष सुखप्रसाद चौधरीको ७५ वर्षको उमेरमा निधन भएको छ। उनको कलैयास्थित आफ्नै निवासमा निधन भएको हो।

अध्यक्ष चौधरी विगत चार महिनादेखि फोक्सोको क्यान्सबाट ग्रसित थिए। उनको निधनबारे उनका जेठा छोरा अजय प्रसाद चौधरीले पुष्टि गरेका छन्।

चौधरीले निजामतीको कर्मचारीबाट अवकास प्राप्त गरिसकेपछि २०६३ सालदेखि बारा नागरकि समाजका अध्यक्षका रुपमा काम गर्दै आएका थिए। चौधरीको जन्म विक्रम सम्बत १९९९ सालमा भएको थियो। उनले नियमित सेवामा ३८ वर्ष काम गरेका थिए।

Leave a Reply

Your email address will not be published.