‘थरुहट आन्दोलन’ किताब थरुहट आन्दोलनको ऐना हो

थारु आन्दोलनसम्बन्धी अनुसन्धानमूलक कृति लोकार्पण भएको छ। थरुहट नेता मिनराज चौधरीद्वारा लखित ‘थरुहट आन्दोलन : माग मुद्दा र उपलब्धि’ पुस्तकको विमोचन गरिएको हो। बर्दियाली थारु विकास मञ्च काठमाडौंको आयोजनामा भएको कार्यक्रममा उपप्रधान तथा संघीय मामिला एवं स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार, निवर्तमान भूमिसुधार तथा व्यवस्थमन्त्री डा. गोपाल दहित, निवर्तमान संस्कृति तथा पर्यटनमन्त्री जितेन्द्र देवले संयुक्तरुपमा पुस्तक विमोचन गरेका थिए।

उपप्रधानमन्त्री गच्छदारले थरुहट आन्दोलनसम्बन्धी दस्तावेज निकालेर धेरै राम्रो काम गरेको भन्दै लेखकलाई धन्यवाद दिए। उनले थारुले उठाउँदै आएको माग मुद्दामा आफूले विशेष पहल कदमी गरेको स्मरण गर्दै यस्तो किताब थारुहरुको दस्तावेजीकरण गर्न मद्दत मिल्ने बताए।

त्यस्तै सांसद डा. दहितले यो पुस्तक थरुहट आन्दोलनको ऐना भएको बताए। यो पुस्तक प्रकाशनलाई सकारात्मकरुपमा लिनुपर्ने बताउँदै उनले यस्ता किताबहरुको दस्तावेजीकरणमा युवाहरुले पनि कलम चलाउनुपर्ने बताए। उनले यसअघिका थरुहट आन्दोलनमा सबै साथ समर्थन हुँदाहुँदै शासक वर्गहरुले जातीय आन्दोलनको नाममा अपब्याख्या गरेको आरोप लगाए। त्यसैले पनि त्यस्ता अपब्याख्या चिर्नलाई थारु समुदायबाटै लेखकहरु जन्मिनुपर्ने उनको तर्क थियो।

कार्यक्रममा सांसद देवले किताबलाई डायरीको रुपमा ब्याख्या गरे। ‘यो किताब एउटा डायरी हो। थरुहट आन्दोलनको डायरी। यसले अगामी पुस्तालाई थरुहट आन्दोलनबारे बुझ्न ठूलो मद्दत गर्छ,’ उनले भने।

कार्यक्रममा लेखक युग पाठकले थारुको आन्दोलन थारुले मात्र लडेर नहुने बताए। ‘थारुको आन्दोलन थारुले मात्र गरेर हुँदैन। सबैले गर्नुपर्छ। थारुको आन्दोलन लिम्बुले र लिम्बुको आन्दोलन थारुले नगरेसम्म उत्पीडनमा परेका समुदाय माथि उठ्न सक्दैनन्,’ उनले भने।

उनले थारुहरुले न्यारेटिभको विकास नगरेसम्म थारु समुदायको विकास हुन नसक्ने बताए। उनले जतिसक्दो धेरै थारु वा गैरथारुले थारुकाबारेमा कथा कहानी लेख्न जरुरी भएको बताए।

त्यस्तै थारु साहित्यकास कृष्णराज सर्वाहरीले किताब समग्ररुपमा राम्रो भएपनि भाषागत समस्या भएको बताए। उनले किताबलाई मिहिन ढंगले विश्लेषण गर्ने ठाउँ भएपनि धेरै कुरा दोहोरिएको बताए। ती कमजोरीहरु अर्को संस्करणमा परिमार्जन गर्न उनले लेखकलाई सुझाव दिएका थिए।

लेखक मिनराज चौधरीले ५ सय बढी पेजको किताबलाई साढे २ सयमा झार्नुपर्दा आफूले चाहेको जस्ताो गर्न नसकेको स्पष्ट पारे। उनले पाएको सुझावलाई सकारात्मरुपमा लिँदै अगामि दिनमा त्यसलाई सच्याउँदै लाने बताए।

Leave a Reply

Your email address will not be published.