सञ्चार क्षेत्रमा नयाँ भविस्य खोज्दै पत्रकार सन्तकुमार चौधरी

कारी महतो/चितवन।
चितवनका पत्रकार सन्तकुमार चौधरीले हालसालै प्राइम ब्रोडकास्टिङ मिडिया प्रा.लि. सञ्चालनमा ल्याएका छन्। पूर्वी चितवनको रत्ननगर नगरपालिका कार्यालय गेटमै जोडिएको पूर्वतर्फको घरमा रहेको फेवा विकास बैंकसँगैको भित्रि सटरमा उनले सो मिडिया प्रा.लि.को अफिस एक हप्ता अगाडि मात्र उद्घािटन गरेका हुन्। पूर्वी चितवनका पत्रकारहरुको आग्रहबमोजिम उनले भरतपुरमा कार्यालय स्थापना गरी पूर्वी चितवनमै राखेका छन्।

हालः उनले त्यहीँबाटै टेलिभिजन कार्यक्रमहरु उत्पादन, इडिटिङ, मिक्सिङ जस्ता कामहरु गर्ने गरेका छन्। त्यसो त उनी गैंडाकोटमा रहेको मुकुन्दसेन टेलिभिजनमा स्टेशन मेनेजरको रुपमा काम गर्नुका साथै काठमाडौंबाट सञ्चालनमा आएको जनता टेलिभिजनको चितवन ब्युरो प्रमुखको रुपमा काम गरिरहेका छन्। त्यस अगाडि उनी न्युज २४ मा चितवन ब्युरो प्रमुख र नेपाल वानको दिल्लीस्थित मुख्य कार्यालयमा रहेर काम गरेको अनुभव छ।

स्थानीय टेलिभिजन तथा पत्रपत्रिकाहरुमा समेत काम गरेको राम्रो अनुभव छ यिनीसँग। पन्ध्र वर्ष अगाडि चितवनको पारदर्शी दैनिकबाट पत्रकारिता सुरु गरेका पत्रकार चौधरीको आफ्नै प्रकाशनमा नारायणी सेरोफेरो साप्ताहिक पत्रिकाको प्रधान सम्पादक भएर काम गरे। अबका दिनमा मिडिया क्षेत्रमा रुचि राख्ने तथा केहि गर्न चाहने युवाहरुलाई सहयोग गर्नका लागि आफ्नै लगानीमा प्राइम ब्रोडकास्टीङ मिडिया प्रालि सञ्चालनमा ल्याएका हुन्।

निकट भविष्यमा टेलिभिजन, एफएम, अनलाइन मिडिया सञ्चालन लगायत पत्रपत्रिका प्रकाशन गर्ने उद्देश्यले कम्पनी रजिष्टार कार्यालयमा दर्ता गरेर सञ्चारक्षेत्रलाई व्यवसायिक बनाउने अभियानमा जुटेका छन्। प्राइम ब्रोडकास्टिङ मिडिया प्रा.लि.का लागि पत्रकार सन्तकुमार चौधरी हाल ठूला लगानीकर्ताको खोजीमा रहेका छन्। उनी भन्छन्, ‘म एक्लो ज्यान त जहाँ पनि काम पाउन सक्छु तर अहिले सम्मको अनुभव आफ्नो लागि मात्र प्रयोग नगरी अन्य युवाहरुका लागि पनि केहि गर्ने प्लेटफर्म बनाउने र केही युवाहरुलाई रोजगारी दिने गरी केहि गर्नुपर्छ भन्ने भावनाले मिडिया प्रा लि स्थापना गरेको हुँ।’
पत्रकार चौधरी समाचार लेखनमा अब्बल छन्। खोजी समाचार लेख्नमा बढी रुचि राख्ने गर्छन्। लेखनसँगै समाचारवाचन, अन्तरवार्ता लिनु, कार्यालयको आन्तरिक व्यवस्थापनमा जुटनु उनको दैनिकी बनेको छ। उसो त उनी समाचार लेखनसँगै भिजुअल मिडियामा बढी जानकार छन्। भिजुअल सम्पादनमा समेत उनको राम्रो ज्ञान छ। भिजुअल मिडियामा राम्रो ज्ञानभएरपनि आर्थीक अभावका कारण उनले आफ्ना दर्शनलाई प्रयोगमा ल्याउन सकेका छैनन्।

लगानीकर्ताको अभावमा हाल उनी प्राइम ब्रोडकास्टीङ मिडिया प्रालिवाट टिभी कार्यक्रमहरु उत्पादनलाई प्राथमिकतामा राखेपनि त्यो बाहेक बृत्तचित्र निर्माण, टेलिसिरियल सम्पादन लगायतका काम समेत गर्ने गरेका छन्। गुणस्तरिय प्रविधिको प्रयोगलाई बढावा दिँदै आएका पत्रकार चौधरीले स्वदेशमै रोजगारीको सम्भावना देखेका छन्। पछिल्लो पटक च्याउँ झै उमि्रदै गएको संचारगृहको विषयमा भने उनको प्रतिकृया बेग्लै छ। संचारको विषयमा ज्ञान नभएकाले पनि संचारक्षेत्रमा थोरै लगानी गरेर मालिक बन्ने परिपार्टीले न संचारगृह फस्टायो न त संचारकर्मीहरु व्यवसायीक नै बन्न सके। लामो समयको अनुभव पछि मिडिया प्रालि दर्ता गरेर संचारमा भविस्य खोज्न थालेका चितवनका पुराना पत्रकार सन्तकुमार चौधरीलाई ठूला लगानीकर्ताहरुको सहयोग आवश्यक छ। उनले सोचे जस्तै लगानीकर्ता भेट्न सके कम्तीमा ५० भन्दाबढी युवाहरुले स्वदेशमै रोजगारी पाउने उनको दाबी छ।

Leave a Reply

Your email address will not be published.