एमालेद्वारा बिहीबार चितनव बन्दको घोषणा

भतरपुर महानगरपालिकाको मतगणना सुचारु गर्न माग गर्दै नेकपा एमाले चितवनले बिहीबार जिल्ला बन्दको आह्वान गरेको छ । आज एक विज्ञप्ती जारी गर्दै एमाले चितवनले तत्काल मतगणना सुचारु गर्न दवाब दिने उद्देश्यले बन्द आह्वान गरेको जनाएको छ ।

अध्यक्ष कृष्णभक्त पोखरेलद्धारा जारी विज्ञप्तीमा भनिएको छ– ‘सत्ताको आडमा पुनः मतदान गराउने षडयन्त्र भईरहँदा जनताको धर्यताको बाध टुट्न लागेको छ, जनताको धर्यताको बाध टुट्न नदिन तत्काल मतगणना कार्यलाई सुचारु गराउने उद्देश्यले नेपाल सरकार, निर्वाचन आयोगलाई दवाब दिन भोली बन्द आह्वान गर्न बाध्य भएका छौं ।’ एमालेले तत्काल पुनः मतगणना कार्यलाई सुचारु गर्न जोडदार माग गरेको छ ।

Leave a Reply

Your email address will not be published.