स्वतन्त्र मधेस अभियान चलाएका सीके राउतलाई राज्य विप्लव मुद्दा

स्वतन्त्र मधेस अभियान चलाएका डा.सीके राउतलाई राज्य बिरुद्धको संगठित अपराध (राज्यबिप्लव) मुद्दामा अनुसन्धान थालिएको छ । उनलाई आइतबार रुपन्देहीको जिल्ला प्रहरी कार्यालयमा उपस्थित गराएर बयान लिने काम भइरहेको छ ।

चैत ३१ गते सिराहा जिल्ला अदालतबाट १० हजार रुपैयाँ धरौटीमा रिहा भए लगत्तै उनलाई प्रहरीले पक्राउ गरेको थियो । रुपन्देही प्रहरीले अनुसन्धान गर्नु पर्ने भन्दै राउतलाई बुझाउन माग गरेपछि सिराहा प्रहरीले पक्राउ गरेको थियो ।

राउतविरुद्ध राज्यबिप्लव मुद्धामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.