चुनाव बहिस्कार गरेर मधेसी मोर्चाले गल्ती गर्दैछ : गच्छदार

नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले स्थानीय निर्वाचनको विरोध गरेर मधेसवादी दलहरुले गल्ती गरिरहेको वताएका छन् । राजनीतिक स्थिरताका लागि संविधान कार्यान्वयन अपरिहार्य रहेको भन्दै उनले स्थानीय निर्वाचन सवैले उपयोग गर्न आवश्य रहेको वताए ।

सुनसरीको पूर्व कुसहामा शनिबार आयोजित नयाँ वर्ष २०७४ को शुभकामना आदान प्रदान कार्यक्रममा गच्छदारले कुनै पनि अतिवादी सोच मुलुकको राजनीतिक स्थिरताका लागि घातक हुने बताए ।

आदिवासी जनजाति तथा थारुको माग सम्बोधनका लागि संविधानको संशोधन आवश्यक रहेको भन्दै उनले मधेसी मोर्चालाई पनि निर्वाचनमा सहभागि हुन आग्रह गरे । साथै सरकार र निर्वाचन आयोगले सबैलाई निर्वाचनमा सहभागिता गराउने वातावरण बनाउनुपर्ने र मधेसवादी दलहरुले पनि हठ त्यागेर लचिलो हुनु पर्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published.