संघीय समाजवादीका थारु नेतालाई बलदेव चौधरीले एमालेमा भित्र्याए

स्थानीय निर्वाचन नजिकिदै गर्दा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमा प्रवेशको लहर नै चलेको छ । यसैक्रममा त्रियुगा नगरपालिका–१ जोगिदहमा पार्टी प्रवेश कार्यक्रममा थारु समुदायका २९ जना संघीय समाजवादी फोरम नेपाल परित्याग गरी एमालेमा प्रवेश गरेका छन् ।

नवप्रवेशीहरुलाई नेकपा एमाले केन्द्रिय सदस्य तथा उदयपुर इन्चार्ज बलदेव चौधरीले अविर माला लगाएर पार्टी प्रवेश गराएका थिए ।

दिलिप चौधरीको नेतृत्वमा संघिय समाजवादी फोरम नेपाल त्रियुगा नगरपालिका–१, जोगिदहका २९ जना एमालेमा प्रवेश गरेको छ । प्रवेश गर्नेहरुमा कृष्णभक्त चौधरी, रामकुमार चौधरी, जयराम चौधरी, मिथिलेश्वर चौधरी, देविलाल चौधरी, अर्जुन चौधरी, विनय चौधरी, रघुनन्दन चौधरी, मिश्रीलाल चौधरी, भुटाई चौधरी, भानुभक्त चौधरी, साजन चौधरी संस फोरम नेपाल परित्याग गरी एमालेमा प्रवेश गरेको हो ।

यस्तै जिवन चौधरी, अशोक चौधरी, मंगलु चौधरी, शिव शंकर चौधरी, देवकान्त चौधरी, ताराकान्त चौधरी, पुनम कुमारी चौधरी, दिलिप कुमार चौधरी, रुप नारायण चौधरी, सुदिप चौधरी, संगीता चौधरी, विहारीदास चौधरी, जुगेश्वर चौधरी, महेन्द्र प्रसाद चौधरी, भुपेन्द्र चौधरी, नुनुवति चौधरी लगायत संस फोरम नेपाल परित्याग गरि एमालेमा प्रवेश गरेका छन् ।

यस्तै नेपाली काँग्रेसबाट पनि एक जना एमालेमा प्रवेश गरेका छन् । नेपाली काँग्रेसका सक्रिय सदस्य भोला प्रसाद चौधरीले पनि एमालेमा प्रवेश गरेका छन् ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि चौधरीले समाजवादले खाएको धक्का अस्थायी रहेको बताए । उनले पुँजीवादसंगको लडाइ निकै दुरको हुन्छ तर पनि एमाले यो दौडमा संघर्षरत रहेको बताए । उनले संविधान कार्यन्वयनको लागि चुनाव अनिवार्य भएको बताए । उनले भने– ‘संविधानमा बहुभाषिक, बहुजातीय, बहुधर्मालम्बीहरुको पक्षमा वकलात गरेको छ । २०४७ को संविधानमा तत्कालिन एमालेले २७ वटा बुँद्धा राखेर आलोचनात्मक समर्थन गरेको थियो ।’

पार्टी प्रवेश गर्दै संघिय समाजवादी फोरम नेपालका कार्यकर्ताहरुले विकास र परिवर्तन एमालेकै नेतृत्वमा सम्भव रहेको भन्दै पार्टी प्रवेश गरेको दिलिप चौधरीले बताए ।

Leave a Reply

Your email address will not be published.