थारु भाषालाई कामकाजी भाषा बनाउँदै सखी सञ्जाल

थारु समुदायका महिलाहरुले मनाउँदै आएको चिरै भजहर, गुरही, अस्टिम्की र अट्वारीलाई प्रवर्द्धन गर्दै आएको सखी सञ्जालले थारु भाषालाई कामकाजी भाषा बनाउन सुरु गरेको छ। सो सञ्जालले कैलालीका प्रमुख जिल्ला अधिकारीलाई थारु भाषामै ज्ञापन पत्र बुझाउँदै स्थानीय विदाको माग गरेको छ। सञ्जालकी अध्यक्ष इन्दु थारु नेतृत्वको टोलीले नारी स्वतन्त्रको प्रतीकको रुपमा लिने चिरै भजहर कार्यक्रममा स्थानीय विदाको माग गर्दै प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालको ध्यानाकर्षण गराए।

सञ्जालकी अध्यक्ष थारुले आफ्नो अधिकारीका लागि हामी आफैं अग्रसर हुनुपर्ने बताइन्। ‘थारु भाषालाई कामकाजी भाषा बनाउन पहिला हामीले नै पहल गर्नपर्छ। यसलाई कार्यन्वय गर्ने प्रमुख दायित्व पनि हाम्रै हो। यो त्यसकै थालनी हो। अबका दिनमा हामीले हाम्रै भाषालाई कामकाजी बनाउने प्रयास थाल्नेछौं,’ उनले भनिन्।

उनका अनुसार चैत २१ गते धनगढीमा भब्यरुपले चिरै भजहर कार्यक्रम आयोजना हुँदैछ। ऐतिहासिक, धार्मिक, मेलमिलाप र समृद्धिको उद्देश्यले प्रत्येक वर्षको चैत महिनाको शुक्लपक्षको सोमबार र शुक्रबार मनाइने प्रचलन रहेको उनको भनाई छ।

Leave a Reply

Your email address will not be published.