गोचालीको जन्मदाता लालबहादुर चौधरी अन्नपूर्ण अस्पतालमा भर्ना

सन्तोष दहित/दाङ।

थारु भाषा, साहित्यिको पहिलो पत्रिकाको जन्मदाता एवं भाषाको योद्धा लालबहादुर चौधरी अस्पताल भर्ना भएका छन्। २०२८ सालमा प्रकाशन सुरु भएको थारु भाषाको गोचाली पत्रिकाका सम्पादक मण्डलका सदस्यसमेत रहेका चौधरी लामो समयदेखि प्रेसरको बिरामी थिए। गत हप्ता दायाँ हात, खुट्टा एक्कासी नचलेपछि उनलाई नेपालगञ्ज मेडिकल कलेजमा भर्ना गरिएको छ।

उनलाई आइसीयुमा राखेर उपचार गर्दा पनि सुधार नआएपछि मंगलबार काठमाडौं रिफर गरिएको छ। चौधरीको माइला छोरा अशोक चौधरीका अनुसार हप्ता दिनसम्म नेपालगञ्ज कलेजमा उपचार गर्दा सुधार नआएपछि थप उपचारको लागि हेलिकप्टरमार्फत काठमाडौं लगी अन्नपुर्ण अस्पतालमा भर्ना गरिएको छ।

उच्च रक्तचाप, टाउकोमा ब्लड जम्नेलगायत समस्या रहेको उनको छोरा अशोक चौधरीले जानकारी दिए। किसान आन्दोलनको अगुवासमेत रहेका चौधरी लामो समयदेखि थारु, भाषा, कला, संस्कृतिको सरंक्षण र प्रवर्द्धनमा योगदान दिँदै आएका छन्।

चार छोरा र एक छोरी रहेका चौधरी पञ्चायतकालमा थारु भाषाको पत्रिका गोचाली प्रकाशन गरी गाउँ गाउँमा लिएर पुग्ने गरेको उनका सहकर्मीहरु बताउँछन्।

Leave a Reply

Your email address will not be published.